Rule 22
अदालतमा दायर भएका मुद्दामा मध्यस्थता
  (१) ऐनको दफा ३ को उपदफा (२) बमोजिम अदालतमा दायर भएको प्रचलित कानून बमोजिम मिलापत्र हुन सक्ने व्यापारिक प्रकृतिको देवानी मुद्दामा मध्यस्थताद्वारा समाधान गरी पाउं भनी दुबै पक्षले मुद्दा दायर रहेको अदालतमा संयुक्त निवेदन दिन सक्नेछन् ।
(२) उपनियम (१) बमोजिम निवेदन दिंदा पक्षहरुले देहायका कुराहरु उल्लेख गर्नुपर्छः –
(क) मुद्दाको संक्षिप्त विवरण,
(ख) मध्यस्थ हुने व्यक्तिको नाम, थर र वतन,
(ग) मध्यस्थ हुने व्यक्तिमा ऐनको दफा १० मा उल्लिखित अयोग्यता छैन भन्ने कुरा,
(घ) मध्यस्थबाट निकालिएको समाधान आफूहरुलाई मन्जुर हुने कुरा ।
(३) उपनियम (२) बमोजिमको निवेदन दर्ता भएपछि सो निवेदन इजलास समक्ष पेश गरिनेछ । इजलासले दुबै पक्षको कुनै मौखिक जिकिर भए सो समेत सुनी ऐनको दफा ४ को उपदफा (२) को अवस्था विद्यमान रहे वा नरहेको कुरा समेत विचार गरी सो मुद्दा मध्यस्थद्वारा मिलापत्र गराउनको लागि पठाउन आदेश दिन सक्नेछ ।
(४) उपनियम (३) बमोजिम मध्यस्थद्वारा मिलापत्र भएकोमा मिलापत्र बमोजिम गरिदिएन भन्ने वाहेक कुनै कुराको उजुर लाग्ने छैन ।